सिन्धुली: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विद्यमान समयमा कांग्रेसले जनमत संग्रहको माग गर्न नहुने बताएका छन्। नेपाल प्रेस युनियन सिन्धुली शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले जनमत संग्रहको बहानामा डेमोक्रेसीलाई कमजोर पार्न नहुने बताए।
वरिष्ठ नेता पौडेलले नेत्रविक्रम चन्द विप्लवको गतिविधि ठीक नभएको उल्लेख गर्दै सरकारले समस्या समाधानका लागि वार्तालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए।
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले आफ्नो अधिकार बढाउने कार्य ठीक नभएको बताउँदै लोकतन्त्रका लागिसमेत सो कार्य घातक हुने स्पष्ट पारे। प्रमुख प्रतिपक्षी दलको भूमिका पर्याप्त हुन नसकेको टिप्पणी गर्दै नेता पौडेलले पद प्रतिष्ठा भन्दा पार्टी जोगाउने र बनाउने कार्यमा कांग्रेस लाग्नुपर्ने उनको भनाई थियो।
पौडेल पूर्वका जिल्लाहरुको भ्रमणको क्रममा आज सिन्धुली पुगेका हुन्।