PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतसँग फाइनल हारेपछि प्रशिक्षक खड्काले भने, पाएको अवसर सदुपयोग गर्न सकेनौँ, दोस्रो गोल खेलको टर्निङ प्वाइन्ट



गोविन्दराज नेपाल

भारतसँग फाइनल हारेपछि प्रशिक्षक खड्काले भने, पाएको अवसर सदुपयोग गर्न सकेनौँ, दोस्रो गोल खेलको टर्निङ प्वाइन्ट

विराटनगर : पाँचौ साफ महिला च्याम्पियनको उपाधि भारतले जित्ने क्रममा नेपाललाई घरेलु मैदानमै ३-१ ले पराजित गर्‍यो। भारतको यो लगातार पाँचौ उपाधि हो। नेपालको भने पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्य पूरा हुन सकेन र फेरि भारत एक पटक तगारो बनिदियो।

विराटनगरको शहिद रंगशालमा भएको फाइनलमा भारसट्ट ३-१ ले पराजित हुँदै चौथो पटक उपविजेता बनेपछि नेपालका प्रशिक्षक हरि खड्काले पाएको अवसर सदुपयोग गर्न नसक्नु र दोस्रो गोल आफ्नै गल्तीले खानु हारको कारणको रुपमा व्याख्या गरे।

'मैले यसअघि भनेजस्तै खेल ५०-५० को थियो। तर हामीले पाएको अवसर सदुपयोग गर्न सकेनौँ। हाम्रो बलियो पक्षको रुपमा रहेको फाइटिङ स्प्रिटमै हामी चुक्यौँ जस्तो लाग्यो।' खड्काले भने। 'हामीले पाएको अवसरमा गोल गर्न सकेको भए जित्यौँ होला।'

साथै उनले दोस्रो गोल खानु नै खेलको नतिजा परिवर्तनको मुख्य कारण रहेको बताए। 'हामीले सेकेण्ड गोल सिल्ली मिस्टेकले गर्दा खायौँ। सिम्पल पास खेलेको भए त्यो गोल हुँदैनथ्यो। त्यो गोल खानु नै खेलको टर्निङ प्वाइन्ट भयो।'

'फाइटिङ स्प्रिट र विङ्गर हाम्रो हतियार थियो। तर सेकेण्ड हाफमा त्यही मुख्य हतियार नै चनेन र खेल मिस गर्‍यौँ जस्तो लाग्छ।'

खड्काले भारत टेक्निकल्ली पनि नेपाल भन्दा राम्रो रहेको बताए।

यस्तै पुरुष टिमका पूर्व कप्तान समेत रहेका खड्काले हारको सम्मूर्ण जिम्मेवी आफै लिने बताए। 'कोचको रुपमा यो हारको जिम्मेवारी सबै म लिन्छु र सबैसँग माफी पनि माग्न चाहन्छु।'

खड्काले यसच्याम्पियनसिपबाट धेरै सिकेको प्रतिक्रिया दिए। 'हामीले फाइनल हारेपनि धेरै कुरा सिकेका छौँ। खेलमा गल्ती गर्नु भएन। महिला फुटबलललाई पनि निरन्तरता दिनुपर्छ। लगानीका हिसावले हेर्ने हो भने भारत हामी भन्दा धेरै माथि छ। हामी जबसम्म ठुला टिमसँग खेल्दैनौँ एक्सपोजर पाउदैनौँ तबसम्म गाह्रो नै हुन्छ।'

उता पाँचौ पटक भारत च्याम्पियन बनेपछि भारतीय प्रशिक्षक मायामोलर कीले जितको श्रेय खेलाडीहरुलाई दिएर र खेलक एकदमै रमाइलो भएको प्रतिक्रिया दिए।

'सबैले म्याच इन्जोए गरे। मैले अझ बढी आनन्द लिएँ किनकी हामीले खेल जित्यौँ। यो जितको श्रेय खेलाडीहरुलाई जान्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell