PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनमत संग्रहबारे बोलेकोमा शशांकप्रति गगन आक्रोशित: जिम्मेवार नेताले जथाभावी बोले पार्टी ठूलो भड्खालोमा जाकिन्छ



जनमत संग्रहबारे बोलेकोमा शशांकप्रति गगन आक्रोशित: जिम्मेवार नेताले जथाभावी बोले पार्टी ठूलो भड्खालोमा जाकिन्छ

काठमाडौं: नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा  आपत्ति जनाएका छन्। 

नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भड्खालोमा जाकिने चेतावनी दिए। उनले नेताहरुलाई पार्टी भड्खालोमा जाने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे। 

शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले काठमाडौंको बानेश्वरस्थित अनुपम फुडल्यान्डमा आयोजना गरेको कार्यक्रममा थापाले गिरिजाप्रसादको नीति सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए।

महामन्त्री कोइरालाले होलीको दिन गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव गरेका थिए

त्यसैगरी चितवन पुगेर उनले गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएको उल्लेख गर्दै यसमा जनमत संग्रह गर्नुपर्छ भन्ने कुरा नगरेको भनी बोली फेरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell