PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ट्रकको ठक्करबाट एक जनाको मृत्यु



ट्रकको ठक्करबाट एक जनाको मृत्यु
प्रतीकात्मक फोटो


काभ्रेपलाञ्चोकः ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेकी छिन्। 

बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्गस्थित २२ किलो भन्ने स्थानमा आज करिब १२ बजे सोही दिशातर्फ गइरहेको ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई पछडिबाट ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकलमा सवार केसीको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। 

जुना श्रीमान् ४७ वर्षका देवबहादुर केसीसँग मोटरसाइकलमा घर फर्कंदै थिइन्। ठक्करबाट घाइते भएका मोटरसाइकल चालक देवबहादुर केसीको सोही अस्पतालमा उपचार भइरहेको छ। जुनाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। 

ठक्कर दिने ट्रक र त्यसका चालक हेटौँडा निवासी रामभाई गोपालीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell