PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राष्ट्रपतिलाई सक्रिय बनाउन खोजिएको छ, यसले मुलुकको हित गर्दैन: शेखर कोइराला



राष्ट्रपतिलाई सक्रिय बनाउन खोजिएको छ, यसले मुलुकको हित गर्दैन: शेखर कोइराला

काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनै पनि हालतमा पछाडि फर्कन नसक्ने बताएका छन्।

जीपी कोइराला फाउन्डेसन काठमाडौंले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले शहीदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए। 

राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताउँदै नेता कोइरालाले छिटोभन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउनुपर्ने टिप्पणी गरे।

उनले संबैधानिक राष्ट्रपतिको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले झस्काएको बताए। कोइरालाले भने, 'हाम्रो संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भनेको छ। तर अहिले राष्ट्रपतिलाई जसरी सक्रिय बनाउन खोजिएको छ। यसले मुलुकलाई हित गर्दैन।'

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुक र प्रजातन्त्रका निम्ति कांग्रेस एक ढिक्का हुनुपर्ने बताइन्। केन्द्रीय सदस्य गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संबिधानसॅग बाझिने कुरा गर्दै नहिड्न चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell