PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यस्तो छ अनमोल र सुहाना अभिनित 'परान'



पहिलोपोस्ट

यस्तो छ अनमोल र सुहाना अभिनित 'परान'

काठमाडौं : 'ए मेरो हजुर ३'को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको 'परान'बोलको गीतमा गायक आशिष अविरल र अन्जु पन्तको स्वर छ।  

आशिषले नै लेखेको गीतको भिडियोमा उनी आफैको संगीत छ। गीतको भिडियोमा भने फिल्मका मुख्य अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापा फिचर्ड छन्। यो सुहानाको डेब्यू फिल्म हो। झरनाले नै निर्देशन गरेको फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।

गीतमा सलोन बस्नेत र रियर राई पनि देखिएका छन्। यसअघि फिल्मको अर्को गीत पनि सार्वजनिक भएको थियो। निर्माण टिमले फिल्मको प्रचार थालिसकेको छ।

सुहाना र अनमोलसँगै अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङलगायतको अभिनय छ। फिल्ममा हिमाल केसीको द्वन्द्व, कविराज गहतराज, रामजी लामिछाने, प्रवीण सिंह र राहुल शाहको कोरियोग्राफी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell