PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अन्तत: एकदेवले गाएको 'सिउँदो'मा बन्यो भिडियो



पहिलोपोस्ट

अन्तत: एकदेवले गाएको 'सिउँदो'मा बन्यो भिडियो

काठमाडौं : लिरिकल भिडियोबाट नै चर्चामा रहेको 'सिउँदो'बोलको गीतमा भिडियो तयार भएको छ। यो भिडियोलेे गायक यश कुमार र बाबु बोगटीबीचको विवाद टुङ्गिएको संकेत गर्छ।  

रेकर्ड भएको एक दशकपछि गायक यश कुमारसँग अनुमति लिएर एकदेव लिम्बुले उक्त गीत रि–रेकर्ड गरेका थिए। पहिलो रेकर्डमा भने गायक बाबु बोगटीको स्वर समावेश थियो। रि-रिकर्डिङलाई लिएर बाबु र यश कुमारबीच मनमुटाव नै भएको थियो। पछिल्लो समय गायक बोगटीले एकदेवको गीतलाई 'न्यू भर्सन' र आफ्नो गीतलाई 'ओल्ड भर्सन' भनेर सार्वजनिक गर्न दिएपछि  गीत सम्बन्धि विवादको अन्त्य भयो।  

अनिल के मानन्धर निर्देशित 'न्यू भर्सन'को  भिडियोमा कलाकार सोनिया जिआर, गायक एकदेव लिम्बु तथा रुपेश राई फिचर्ड छन्। रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell