PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पूर्व क्रिकेटर गौतम भाजपामा प्रवेश



पूर्व क्रिकेटर गौतम भाजपामा प्रवेश
फोटो: theweek.in

नयाँ दिल्ली: भारतको लोकसभा निर्वाचन निजिकँदै गर्दा भारतीय सेलिब्रिटीहरु पार्टी प्रवेश गर्ने क्रम बढ्दै गएको छ। यसैबीच पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर सत्तारूढ दल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। 

योसँगै उनी लोकसभा निर्वाचनमा नयाँ दिल्लीबाट उम्मेदवार हुने चर्चा रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। हाल नयाँ दिल्लीको चुनावी क्षेत्रमा भाजपाकै मिनाक्षी लेखीले प्रतिनिधित्व गर्छिन्। यस विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको समाचारमा उल्लेख छ। 

क्रिकेटर गम्भीर दिल्लीमा संघीय मन्त्री अरुण जेट्ली र रवीशंकर प्रसादको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन्। 'प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट प्रभावित भएर म भाजापा प्रवेश गर्न लागेको छु। यो प्लेटफर्ममा प्रवेश गर्न पाउँदा म गौरवान्भित भएको छु,' उनले भनेका छन्। 

सन् २०११ को विश्वकप र २००७ को टि-२० विश्वकप जिताउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell