PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सैन्य विमानको स्कर्टिङसहित रोम पुग्यो चिनियाँ राष्ट्रपति सी सवार विमान



पहिलोपोस्ट

सैन्य विमानको स्कर्टिङसहित रोम पुग्यो चिनियाँ राष्ट्रपति सी सवार विमान
फोटो: globaltimes.cn

बेइजिङ : चिनियाँ राष्ट्रपति सी जिङपिङ आफ्नो युरोप भ्रमणका क्रममा इटली पुगेका छन्। उनी इटलीको राजकीय भ्रमणका क्रममा बिहीबार रोम पुगेको चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। 

राष्ट्रपति सीको यो भ्रमण चिनियाँ राष्ट्रप्रमुखको १० वर्ष पछिको युरोप भ्रमण हो। युरोप भ्रमणका क्रममा इटलीको आकाशमा राष्ट्रपति सीको विमान प्रवेश गरेसँगै दुई वटा इटालियन फाइटर जेटले आकाशमै स्कर्ट गरेका थिए। 

राष्ट्रपति सी र उनकी श्रीमती पेङ लियुयानलाई त्यहाँको विमानस्थलमा इटली सरकारका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। 

इटली पुगेका राष्ट्रपति सीले त्यहाँ लिखित मन्तव्य दिएका थिए। उनले चीन र इटलीबीचको सम्बन्ध समयको आवश्यकता अनुसार अगाडि बढेको बताए। 

आपसी सम्मान, विश्वास र फाइदाका आधारमा दुई देशबीच मित्र र साझेदारीको सम्बन्ध रहेको र यसले उदाहरण प्रस्तुत गरेको उनले बताए। 
इटली भ्रमणका क्रममा हुने उच्च स्तरीय वार्ताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मार्ग निर्देश गर्ने उनले बताए। 

'मलाई विश्वास छ चीन र इटालीले विस्तृत रणनीतिक साझेदारको रूपमा भोलि पनि काम गर्ने छन्,' उनले भनेका छन्। युरोपका तीन देशहरूको भ्रमणका क्रममा राष्ट्रपति सी इटली पुगेका हुन्। उनले मोनाको र फ्रान्सको पनि भ्रमण गर्ने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell