PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लगातार पाँच सय बस गूडेपछि विश्व रेकर्ड



लगातार पाँच सय बस गूडेपछि विश्व रेकर्ड
hamropatro.com

प्रयागराज, भारतः भारतमा कुम्भ मेला विषेश गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ। 
कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन्। 
यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो। 
भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ। 
युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो। (रासस/एएनआई)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell