PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साफ महिला च्याम्पियनसिपको फाइनल: नेपालले रेकर्ड तोड्ला कि भारतले पाँचौ पटक उपाधि जित्ला?



गोविन्दराज नेपाल

साफ महिला च्याम्पियनसिपको फाइनल: नेपालले रेकर्ड तोड्ला कि भारतले पाँचौ पटक उपाधि जित्ला?

विराटनगर : पहिलो पटक नेपालमा आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच फाइनल खेल  हुँदैछ।

च्याम्पियनसिपको पाँचौ संस्करणको आयोजक नेपाल यस पटक उपाधि जित्दै भारतको दबदबा तोड्ने लक्ष्यमा छ।

फाइनल खेल दिउँसो ३ बजे विराटनगरस्थित शहिद रंगशालमा सुरु हुनेछ। दुवै टोली समूह चरण र सेमिफाइनलमा गोल नखाई फाइनल पुगेका हुन्। बिहीवार भएको प्रिम्याच कन्फ्रेसन्मा दुवै देशका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरेका थिए
 

नेपालका प्रशिक्षक हरि खड्काले यो दिन (आज) नेपालको रहेको र नेपालले महेनत गरेर खेलेमा भारतलाई हराउँदै उपाधि जित्न सक्षम रहको बताएका छन्। उता भारतीय प्रशिक्षक मायामोल रकीले फाइनल खेल सँधै रमाइलो हुने र पाँचौ पटक उपाधि जित्न आफूहरु तयार रहेको बताएका थिए।

भारतले यसअघि भएको चारवटै संस्करणको उपाधि जितेको छ भने च्याम्पियनसिपमा अपराजित समेत छ।

नेपाल भारतको त्यही रेकर्ड ब्रेक गर्न चाहन्छ अनी पहिलो पटक उपाधि जित्दै बदला लिने दाउमा छ।

सुरुको तीन संस्करणमा भारतले नेपाल लाई नै हराएको उपाधि जितेको थियो भने पछिल्लो पटक नेपाललाई सेमिफाइनलमा पराजित गरेको थियो। साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म दक्षिण एसियाका अरु राष्ट्रसँग हार बेहोरेको छैन भने भारतसँग जहिल्यै पराजित हुँदै आएको छ।

तर भारतसँगको पछिल्लो दुई खेलमा भने नेपाल अपराजित छ। म्यानमारमा भएको ओलम्क क्वालिफायरमा नेपालले भारतसँग १-१ को बराबरी खेलेको थियो भने गत महिना भारतमै भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २-१ ले पराजित गरको थियो।

साफको फाइनलमा पनि पछिल्लो दुई खेलको जितबाट प्राप्त मनोबललाई कायम राख्दै घरेलु मैदानमा भारतलाई हराएर ट्रफी उचाल्ने दाउमा नेपाल रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell