PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुवेत विरुद्ध नेपालको पहिलो रोजाई यस्तो, अजित भण्डारी डेब्यु गर्दै



पहिलोपोस्ट

कुवेत विरुद्ध नेपालको पहिलो रोजाई यस्तो, अजित भण्डारी डेब्यु गर्दै

काठमाडौँ : डिफेण्ड अजित भण्डारीले कुवेत विरुद्ध खेल्दै नेपालको लागि डेब्यु गर्ने भएका छन्। कुवेत विरुद्धको मैत्रीपूर्ण खेलको लागि सार्वजनिक नेपालको पहिलो रोजाईमा अजितले स्थान बनाएका हुन्।

घरेलु फुटबलमा नेपाल पुलिसबाट खेल्ने अजितले यसअघि राष्ट्रिय टिममा परेपनि डेब्यु र्न पाएका थिएनन्।

स्वीडेनका योहान कलिन प्रशिक्षक नियुक्त भएपछि नेपालले कुवेत विरुद्ध पहिलो खेल खेल्न लागेको हो।

नेपाल र कुवेतबीचको खेल आज राती नेपाली समयअनुसार ९:१५ बजे अलशबाब मैदानमा सुरु हुनेछ।

खेल यहाँबाट लाइभ हेर्न सकिनेछ।

 

यस्तो छ नेपालको फस्ट ११:

गोलकिपर : किरण चेम्जोङ

डिफेण्डर : विराट महर्जन कप्तान), देवेन्द्र तामाङ, अजित भण्डारी, रन्जित धिमाल

मिडफिल्डर : विक्रम लामा, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ

फरवार्ड : भरत  खवास,नवयुग श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell