PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'विप्लव'लाई सिध्याउने कुरा डिक्स्नरीमा नभएको उल्लेख गर्दै मन्त्री बास्कोटाले भने: भीरबाट लड्नेलाई काँध थाप्न सकिँदैन



'विप्लव'लाई सिध्याउने कुरा डिक्स्नरीमा नभएको उल्लेख गर्दै मन्त्री बास्कोटाले भने: भीरबाट लड्नेलाई काँध थाप्न सकिँदैन

काठमाडौं: प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहलाई हतियार बिसाएर वार्तामा आउन सरकारले आग्रह गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूहले हतियार बिसाएर आएमात्र वार्ता हुने बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने,‘बम बारुद नबोक्नुस् शान्तिपूर्ण तरिकाले समाधान खोजौं। हामीले भनेकै छौं। यसरी नेपाली समाजले थेग्न सक्दैन। हिंसालाई प्रोत्साहन गर्नु भएन।’

‘उहाँहरु आउनुपर्‍यो। गोलाबारुद छोड्नुस्’ मन्त्री बास्कोटोले भने,‘राजनीतिक मैदान खाली छ। उहाँहरुले संविधान स्वीकार गर्नु पर्‍यो। हिंसा छोड्नु पर्‍यो। भीरबाट लड्नेलाई त हामी रामराम भन्न सक्छौ। काँध त थाप्न सक्दैनौ। उहाँहरुलाई सिध्याउने भन्ने हाम्रो डिक्स्नरीमा छैन।’

उहाँहरु हिंसा छोडेर आउँदा सानो नहुने बताउँदै मन्त्री बाँस्कोटाले भने,‘उहाँहरुले हतियार बिसाउनु पर्छ। हिंसालाई छुट दिन सक्दैनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell