PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्वास्थ्य बीमा नियमावली मन्त्रिपरिषद्बाट पारित, मेडिको लिगल सेवा निर्देशिका स्विकृत



स्वास्थ्य बीमा नियमावली मन्त्रिपरिषद्बाट पारित, मेडिको लिगल सेवा निर्देशिका स्विकृत

काठमाडौं: मन्त्रिपरिषदको बैठकले स्वास्थ्य बीमा नियमावली पारित गरेको छ। सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य बीमा नियमावली पारित गरेको बताएका हुन्। 

संविधानको भाग ३ अन्तर्गत मौलिक हक कर्तव्य अन्तर्गतको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक कायम गरिएको छ। त्यसको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ।

त्यस्तै चिकित्सकीय कानुनी (मेडिको लिगल) सेवा सञ्चालन निर्देशिका, २०७५ पनि मन्त्रिपरिषद बैठकले स्विकृत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell