PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्राइस्टचर्च नरसंहारको विरोधमा मौन र्‍याली, १५ हजार मानिस सहभागी



क्राइस्टचर्च नरसंहारको विरोधमा मौन र्‍याली, १५ हजार मानिस सहभागी
फोटो :एएफपी

डुनेडिन : न्यूजिल्यान्डको क्राइस्टचर्च शहरमा गत मार्च १५ मा भएको नरसंहारको विरोधमा आज मौन र्‍याली निकालिएको छ। 

१५ हजार भन्दा धेरै मानिसहरुले आज मृतकहरुको आत्माको शान्तिको कामना गर्दै मौन प्रदर्शनमा सहभागी भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

डुनेडिनमा रहेको युनिभर्सिटी अफ ओटागोबाट सुरु भएको र्‍यालीको नेतृत्व त्यहाँका मेयर डेभ कलले गरेका थिए। उनले मृतकका परिवारहरुका लागि सहायता गर्न सबैमा अपिल समेत गरे।

गत हप्ता २८ वर्षीय बर्टन टर्रान्टले फेसबुक लाइभ गर्दै दुई मस्जिदमा गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो भने त्यतिकै संख्यामा मानिसहरु घाइते भएका थिए।

बर्टन बिगत दुई वर्षदेखि न्यूजिल्यान्डको दक्षिणी टापुमा बस्दै आएका थिए।  

न्यूजिल्यान्डको बन्दुक सम्बन्धी फितलो प्रावधानहरुको फाइदा उठाउँदै उनले सेमिअटोमेटिक बन्दुक प्रयोग गर्दै 'श्वेत सर्वोच्चता' प्रकट गर्ने प्रयास गरेका थिए।

बन्दुक आतंकपछि न्यूजिल्यान्डमा सेमिअटोमेटिक बन्दुकमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell