PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हराउँदै गएको देउडा संस्कृतिको संरक्षणमा जोड



हराउँदै गएको देउडा संस्कृतिको संरक्षणमा जोड
फाइल फोटो

खलङ्गाः कर्णाली देउडा समाज जुम्लाले माघ महिनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ। 

नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम गरिएको हो। हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र प्रचारप्रसारको लागि प्रत्येक महिनाको १ गतेका दिन देउडा कार्यक्रमको थालनी गरिएको हो। कर्णालीको मौलिक परम्पराका रुपमा रहेका देउडा गीतको संरक्षण र विकास गर्ने उद्देश्यले माघ महिनाको १ गतेबाट देउडा कार्यक्रमको आयोजना गरिएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। 

कर्णालीको देउडाको विकास गर्नको लागि प्रत्येक महिनाको १ गतेका दिन देउडा कार्यक्रमको शुरुआत गरिएको उनको भनाइ छ। नेपाली सेनाको खेल मैदानमा शुक्रबार भएको देउडा कार्यक्रममा नौ वटा टिमको सहभागिता रहेको थियो। 

जसमा चार महिला र पाँच वटा पुरुष टिमको सहभागिता रहेको कर्णाली देउडा समाज जुम्लाका उपाध्यक्ष दुर्गा आचार्यले बताए। हराउँदै गएको देउडाको संरक्षण र प्रवर्द्धन गर्नको लागि प्रत्येक महिनामा देउडा गीतको कार्यक्रम राखिएको कर्णाली देउडा समाज जुम्लाले जनाएको छ। स्थानीय पहिरनको महत्वसमेत घट्दै गएकाले यसको संस्थागत विकास गरी पुर्खाको अस्तित्व बचाइ राख्न खोजिएको अध्यक्ष धितालको भनाइ छ। 

विभिन्न उमेर समूहका महिला पुरुषले एकआपसमा परम्परागत देउडा गीत गाउने चलन जुम्लामा रहेको छ। हराउँदै गएको चलनलाई विकास गर्नको लागि देउडा प्रतियोगिताको आयोजना हुने गरेको अध्यक्ष धितालको भनाइ छ। कुनै बेला जुनसुकै शुभकार्यमा अनिवार्य गाइने कर्णालीको देउडा गीत पछिल्लो समय हराउँदै गएको धितालले बताए। 

केही वर्षपहिले मौलिकतासँगै शुभअवसरमा रमाइलोका लागि गाइने देउडा गीत सुन्न अचेल देउडा कार्यक्रमको आयोजना नै गर्नुपर्ने आवश्कता देखिएको हो। देउडा गीतसँगै कर्णालीमा गाइने झोडा, चुटिकलो, मागल, चरन, रत्यौली गीतसमेत हिजोआज सुनिन छाडेका छन्। 

विभिन्न अवसरमा यहाँ आयोजना हुने मेला, महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा गाइने एवं वाचन गरिने भिन्न प्रकृतिका गीत अहिले कर्णालीको लागि किंवदन्ती जस्तै बन्नथालेको बताइएको छ। 

बालोनाच, चोपाइ, ढाल भैलीजस्ता गीतहरु कमै मात्र सुनिने गरेको देउडा समाजका अध्यक्ष पुर्णप्रसाद धितालले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell