PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महिला फुटबलमा नेपाल भर्सेस भारत, यस्तो छ हेड टु हेड



पहिलोपोस्ट

महिला फुटबलमा नेपाल भर्सेस भारत, यस्तो छ हेड टु हेड

विराटनगर : दक्षिण एसियामा भारत र नेपाल महिला फुटबलमा बलिया राष्ट्र हुन्। दुवै टिमलाई बाँकी टिमले अहिलेसम्म हराउन सकेका छैनन्।

अर्को तथ्य पनि छ कि नेपालले साफ महिला च्याम्पियनसिपमा अहिलेसम्म भारतलाई हराउन सकेको छैन।

यस्तै भारतले चार पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा नेपाल तीन पटक उपविजेता बनेको थियो भने एकपटक सेमिफाइनलबाटै बाहिरिएको थियो र त्यो बेला पनि भारतसँगै हारेको थियो।

अहिले नेपालमै पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप भइरहेको छ र विराटनगरमा आयोजना भइरहेको यस संस्करणको उपाधिका लागि तिनै भारत र नेपाल पुन: एकपटक फाइनलमा भिड्दैछन्।

पहिलो पटक नेपालमा आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नेपालले भारतसँग यसअघिका हारको बदला लिने लक्ष्य बनाएको छ। उता भारत भने लगातार पाँचौ पटक च्याम्पियन बन्ने दाउमा छ।

शुक्रबारको फाइनल अघि दुजै देशका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरिसकेका छन्।
 


यसअघि साफमा ३ पटकर दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल फाइनलमा दुई पटक गरी नेपाल  भारतसँग सबैखाले फाइनलमा गरी पाँच पटक पराजित भइसकेको छ।

यस्तै पछिल्लो पटक भारतमा भएको हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग पराजित भएपछि ६ फाइनल खेल्दा पनि नेपाली महिला फुटबल टोली अझै पहिलो उपाधिको खोजीमा छ र यस पटक घरेलु मैदानमा भारतलाई पराजित गर्दै उपाधि जित्ने सुनौलो मौका समेत छ। तर त्यसका लागि नेपालले फाइनलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। प्रशिक्षक हरि खड्काले पनि भारत विरुद्धको फाइनल जित्न नेपालले महेनत बढाउनुपर्ने बताएका छन्। साथै उनले नेपाली टिमको फाइटिङ स्प्रिट राम्रो रहेको र त्यही पक्ष नै भारतलाई हराउन लागू गर्ने प्रतिक्रिया दिएका छन्।

उता भारतका प्रशिक्षक मायामोल रकीले पनि नेपाल विरुद्धको फाइनल रमाइलो हुने र जित्नकै लागि खेल्ने बताएकी छन्। उनले नेपाल पनि बलियो टोली रहेको चन्दै फाइनलको दिन जसले राम्रो खेल्छ उसैले जित्ने बताइन्।

गत महिना भारतमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २-१ ले पराजित गर्दै इतिहासमै पहिलो जित हात पारेको थियो। त्यसअघि म्यानमारमा भएको २०२० टोकियो ओलम्पिकको एसियाली प्रारम्भिक छनोटमा नेपालले भारतसँग १-१ को बराबरी खेलेको थियो।

पछिल्लो दुई खेलको नतिजा र घरेलु मैदान र दर्शकको साथका कारण पनि नेपाल यस पटक उपाधि जित्नेमा आशावादी छ।

यसअघि खेलेको चार संस्करणको साफ च्याम्पियनसिपमा भने प्रत्येक पटक भारत नै नेपालको लागि तगारो बनेको थियो। पहिलो देखि तेस्रो संस्करणसम्म नेपाल र भारत नै फाइनल पुगेका थिए तर फाइनलमा भारतले नेपालाई लगातार तीन पटक पराजित गर्दै उपाधिमाथि ह्याट्रिक नै गर्‍यो। पछिल्लो पटक भारतको सिलगुढीमा सन् २०१६ मा भएको साफको भने सेमिफाइनलमै नेपाल भारतसँग पराजित भएर बाहिरिएको थियो।

अहिलेसम्म नेपाल साफमा ३ र सागमा २ पटक भारतसँग फाइनलमा पराजित भएको छ। यस्तै सागमै नेपाल समूह चरणमा पनि दुई पटक भारतसँग खेल्दा एक पटक पराजित भएको थियो भने एक पटक बराबरी नतिजा निकालेको थियो।

नेपाल र भारत अहिलेसम्म कूल १० पटक भिडेका छन्। जसमा भारतले ७ खेल जितेको छ भने नेपालले १ खेल जितेको छ। २ खेल बराबरीमा सकिएको छ।

 

 

भारतविरुद्ध नेपाल


दक्षिण एसियाली खेलकुद २०१०

समूह चरण ५-० ले पराजित

फाइनल ३-१ ले पराजित

 

 

साफ च्याम्पियनसिप २०१०

फाइनल १-० ले पराजित

 

 

साफ च्याम्पियनसिप २०१२

फाइनल ३-१ ले पराजित

 

 

साफ च्याम्पियनसिप २०१४

फाइनल ६-० ले पराजित

 

 

दक्षिण एसियाली खेलकुद २०१६

समूह चरण ०-० को बराबरी

फाइनल ४-० ले पराजित

 

 

साफ च्याम्पियनसिप २०१६

सेमिफाइनल ३-१ ले पराजित

 

 

२०२० टोकियो ओलम्पिक क्वालिफायर एसिया रिजन २०१८

समूह चरण  नेपाल १-१ भारत

 

 

हिरो गोल्डकप २०१९

नेपाल २-१ भारत

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell