PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काबुलमा बम विस्फोट, छ जनाको मृत्यु



काबुलमा बम विस्फोट, छ जनाको मृत्यु
फोटो:aljazeera.com


काबुलः अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाको मृत्यु भएको छ। 

राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो। यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो। 

काबुलमा आज बिहान भएको एक विस्फोटमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले एएफपी समाचार समितिलाई बताएका छन्। 

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको छैन। 

काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरुको नयाँ वर्षको विदा मनाउन बसेका अफगान नागरिकको भीडमा सो विस्फोट भएको थियो। 

अफगानिस्तानका सिया मुसलमान समुदायलक्षित आइएस आतङ्ककारी समूहले पनि बारम्बार आक्रमण गर्दै आएको पाइन्छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell