PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्राइस्टचर्च नरसंहार पछि न्यूजिल्यान्डमा सेमिअटोमेटिक बन्दुकमाथि प्रतिबन्ध



क्राइस्टचर्च नरसंहार पछि न्यूजिल्यान्डमा सेमिअटोमेटिक बन्दुकमाथि प्रतिबन्ध
फोटो: GETTY IMAGE

क्राइस्टचर्च : न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा अर्देनले सेनाले बोक्ने जस्तै सेमिअटोमेटिक बन्दुकमाथि पूर्ण प्रतिबन्द लगाउने घोषणा गरेकी छिन्।

मार्च १५ मा न्यूजिल्यान्डको इतिहास नै परिवर्तन भएको भन्दै अर्देनले अब कानून पनि परिवर्तन हुने बताउँदै सो घोषणा गरेकी हुन्।  

न्यूजिल्यान्डको क्राइस्टचर्च शहरमा रहेका दुई मस्जिदहरुमा मार्च १५ मा एक व्यक्तिले फेसबुक लाइभ गर्दै गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो। उक्त आक्रमणका मुख्य अभियुक्त 'श्वेत सर्वोच्चताको वकालत' गर्ने अस्ट्रेलियन नागरिक बर्टन टर्रान्ट हुन्। हाल उनी प्रहरी हिरासतमा छन्।

उनले अनलाईन मार्फत हतियार र विस्फोटक पदार्थ खरिद गरेको बताइएको छ। टर्रान्टले २०१७ मा हातियारको लाइसेन्स लिएका थिए।   

घटना लगत्तै न्यूजिल्यान्डका प्रधानमन्त्री जसिन्दा अर्देनले बन्दुक सम्बन्धी कानूनमा संशोधन गर्नुपर्ने अवस्था आएको बताएकी थिइन्।

अर्देनले अप्रिल ११ मा न्यूजिल्यान्डको संसदमा सेनाले प्रयोग गर्ने जस्तै 'समेअटोमेटिक' बन्दुकमाथि पूर्ण प्रतिबन्ध लगाउने सहितको कानून ल्याउन प्रस्ताव गर्ने बताइएको छ।

 नयाँ कानून अन्तर्गत अब सबै किसिकका सेमिअटोमेटिक बन्दुकका साथै 'हाइ क्यापासिटी म्याग्जिन' हरुमाथि पनि प्रतिबन्ध लगाइने छ।

अर्देनले अब फेरि यसप्रकारका घटनाहरु दोहोरिन नदिन यस्ता कानूनमा परिमार्जन गर्दै लजाने भन्दै अब सो प्रकारका बन्दुकहरु राख्न निवेदन दिन कुनै आधार नरहेको समेत बताइन्।

उक्त गोलीकाण्डमा करिब ५० जना घाइते भएका थिए। उनीहरु मध्ये केही अझै अस्पतालमा उपचार गराउँदैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell