PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रातिको वर्षा, ढालिएको चीर, रेनकोट लगाएका गुर्जुको पल्टन र टुँडिखेलमा चीर दाह : यसरी सकियो काठमाडौँको होली

रातिको वर्षा, ढालिएको चीर, रेनकोट लगाएका गुर्जुको पल्टन र टुँडिखेलमा चीर दाह : यसरी सकियो काठमाडौँको होली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : बुधबार राति काठमाडौँमा दर्किएर पानी पर्‍यो। पानी रोकिने बित्तिकै राति ९ बजेर २० मिनेटको साइतमा वसन्तपुरमा गाडिएको चीर ढालियो। चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भो। 

चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ। फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइन्छ। 

चीरको दहन सँगै होली सकिन्छ।

काठमाडौँको हरेक सांस्कृतिक परम्परा र जात्रामा अनिवार्य उपस्थिति जनाउने विशेष पोशाकसहितको गुर्जुको पल्टन आज पानी परेका कारण रेनकोट लगाएर हिँडेका थिए।

चीर दहन गर्ने दिन टुंडिखेलको मध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell