PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रोहित र सन्दिपको अर्धशतक, कुशलको उत्कृष्ट बलिङ, नेपालको युवा टोली विजयी



पहिलोपोस्ट

रोहित र सन्दिपको अर्धशतक, कुशलको उत्कृष्ट बलिङ, नेपालको युवा टोली विजयी

काठमाडौँ : मलेसियामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि तयारी गर्न भारतमा रहेको नेपालको यू-१९ टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ।

कप्तान रोहित पौडेल र सन्दिप जोराको उत्कृष्ट ब्याटिङ अनी कुशल मल्लको ४ विकेट मद्दतमा नेपाली युवा टोलीले आन्द्र प्रदेश यू-१९ लाई ७१ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले रोहित र सन्दिपको अर्धशतक मद्दतमा ४८ ओभरमा अलआउट हुँदै २७६ रन बनाएको थियो।  २७७ रनको लक्ष्य पछ्याएको आन्ध्र प्रदेश ४१.१ बलमा २०५ रनमा अलआउट भयो।

नेपालको लागि रोहितले सर्वाधिक ८१ र सन्दिप जोराले ६९ रन बनाए। यस्तै एकै ओभरमा ५ छक्का प्रहार गरेका कमल सिंह ऐरीले २५ बलमा ४४ रन जोडे।

बलिङमा नेपालका लागि कुशल मल्लले ४ कमल सिंह ऐरीले ३ र पवन सर्राफले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell