PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्व खुशी रिपोर्टमा १ नम्बरमा फिनल्यान्ड, नेपाल कति औं स्थानमा?



पहिलोपोस्ट

विश्व खुशी रिपोर्टमा १ नम्बरमा फिनल्यान्ड, नेपाल कति औं स्थानमा?

आज विश्व खुशी दिवस। यही सन्दर्भमा आज विश्व खुशी रिपोर्ट सार्वजनिक गरिएको छ।

रिपोर्टका अनुसार १ सय ५६ राष्ट्र मध्ये फिन्ल्यान्ड विश्वकै सबैभन्दा खुशी मुलुक हो। यस्तै दोस्रोमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइस्ल्यान्ड, पाँचौंमा नेदरल्यान्ड, छैठौंमा स्वीटजरल्यान्ड परेको छ। यस्तै सातौंमा स्वीडेन पर्दा आठौंमा न्यूजिल्यान्ड नवौंमा क्यानडा र दशौंमा अस्ट्रिया परेको छ।

विश्वको सबैभन्दा खुशी हुने राष्ट्रको अन्तिममा हाइटी परेको छ। दक्षिण सुडान, अफगानिस्तान, ताजानिया,रुवान्डा, सिरिया, बोटस्वाना अन्तिम १० मा परेका छन्।

नेपाल विश्वभरका खुशी राष्ट्रहरु मध्ये १०० औं स्थानमा परेको छ। दक्षिण एसियाली राष्ट्रबाट पाकिस्तान सबैभन्दा खुशी देखिएको छ। पाकिस्तान ६७ औं राष्ट्रमा पर्दा भुटान ९५ औं, बंगलादेश १२५, श्रीलंका १३०, भारत १४० मा रहेको छ। माल्दिभसको रिपोर्टमा उल्लेख गरिएको छैन। चीन भने ९३ औं स्थानमा परेको छ।

रिपोर्ट निर्माणका क्रममा १५६ राष्ट्रको जीवन आयु, सामाजिक मान्यता, ‍स्वतन्त्रा, स्वास्थ्य, विश्वास भ्रष्टाचार लगायतका कुराहरुलाई जाँच गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell