PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शशांक निवासमा होली: पार्टीलाई एक ढिक्का बनाउन देउवा र पौडेललाई आग्रह



शशांक निवासमा होली: पार्टीलाई एक ढिक्का बनाउन देउवा र पौडेललाई आग्रह

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आग्रह गरेका छन्।

टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफुले पहल गर्ने बताए। उनले पार्टीको विभागहरु तत्काल गठन गर्नपनि सभापति देउवालाई आग्रह गरे। पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउदै कम्युनिष्टहरु एकजुट भएका बेला पार्टीभित्रको एकता नभए कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने धारणा राखे।

महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्तावसमेत अघि सारे। उनले धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे। राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाव दिन पनि सबैलाई आह्वान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell