PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकामा सार्वजनिक रुपमा मदिरा सेवन गरेको आरोपमा पक्राउ परेका पेरूका पूर्व राष्ट्रपति रिहा



अमेरिकामा सार्वजनिक रुपमा मदिरा सेवन गरेको आरोपमा पक्राउ परेका पेरूका पूर्व राष्ट्रपति रिहा
फोटो: AP

सन फ्रान्सिस्को: अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदिरा सेवन गरेको आरोपमा आइतबार गिरफ्तार गरिएका पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो कोलाई अमेरिकी प्रहरीले रिहा गरेको छ। 

सत्तामा रहेका समय पदीय दायित्वको दुरूपयोग गरी ल्याटिन अमेरिका कै सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप पूर्व राष्ट्रपतिमाथि लागेपछि उनी सन फ्रान्सिस्कोमा बसोबास गर्दै आएका थिए। 

सन मेटियो काउन्टीको सेरिफ कार्यालयका प्रवक्ता रोजमेरी ब्लैंक्सवेडले तोलेदोको पक्राउबारे भने, '७२ वर्षीय तोलेदालाई आइतबार राति मेनलो पार्क शहरको सान फ्रान्सिस्कोको सामुद्रिक क्षेत्रमा रहेको एक रेष्टुरेण्टबाट गिरफ्तार गरिएको थियो।उनलाई कुनै आरोपमा मुद्दा नचलाई छोडिएको छ।'

पेरूमा पूर्व राष्ट्रपतिलाई गिरफ्तारीका लागी ३० हजार अमेरिकी डलरको पुरस्कार घोषित गरिएको छ ।

पूर्व राष्ट्रपति तोलेदोविरुद्ध राष्ट्रपतिका रूपमा रहेका समय ब्राजील को निर्माण कंपनी ओडेब्रेच्टसँग दुई करोड डलर घूस लिएको आरोप छ। यद्यपि उनले भ्रष्टाचार आरोपको खण्डन गर्दै आएका छन्।

तोलेदोले सन् २००१ देखि सन् २००६ सम्म राष्ट्रपतिका रूपमा काम गरेका उनी कार्यकाल पूरा गरेपछि स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने शिलशिलामा क्यालिफोर्निया बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell