काठमाडौँ: एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रुपमा फ्लाइ ओभर सुट गरिएको छ। आज बिहान करिब पौने १० बजे विमानलाई फ्लाइ ओभर सुट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले जानकारी दिए।
प्राविधिक कारणवश जहाज अवतरण गर्न नसक्ने भएपछि ओभर सुट गर्ने गरिन्छ।
यस क्रममा धावनमार्गको भिजिब्लिटी ३ हजार मिटर रहेको थियो, जुन अवस्थामा सजिलै जहाज अवतरण गर्न सकिन्छ। तर एयर इन्डियाले किन फ्लाइ ओभर सुट गर्यो भन्ने जानकारी लिने विमानस्थलका एक कर्मचारीले जानकारी दिए।
जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा आउँदै गर्दा कारणवश जहाज अवतरण गर्न नसक्ने अवस्था हुँदा पुनः जहाज उडाइन्छ यसलाई नै फ्लाइ ओभर सुट भनिन्छ।
ओभरसुट गरिएको विमान सिमरा पुगेर पुनः काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको छ।
चालकले अवतरण गर्नु अघि अन्स्टेबल मानेपछि ओभरसुट गर्ने गरेको र यो सामन्य प्रकृया रहेको टिआइएले बताएको छ।