PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अमेरिका पुग्दा प्रचण्डविरुद्ध 'एफबीआइ'मा श्रेष्ठको इमेल



अमेरिका पुग्दा प्रचण्डविरुद्ध 'एफबीआइ'मा श्रेष्ठको इमेल

काठमाडौं: श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका पुगेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध अमेरिकामा रहेका एक गैरआवासीय नेपालीले एफबीआइलाई जानकारी दिएका छन्।
 
एफबीआइको बाल्टिमोरस्थित कार्यालयलाई इमेल लेख्दै तिलक श्रेष्ठले प्रचण्डलाई 'आतंककारी' भन्दै अमेरिका आएको जानकारी गराएका हुन्।
 
अमेरिकामा विद्यावारिधी गरी त्यहाँको केन्टकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत श्रेष्ठले प्रचण्डले चलाएको द्वन्द्वका कारण १७ हजार गरिब नेपालीले ज्यान गुमाएको बताएका छन्। उनले यसअघि अमेरिकाको आतंककारीको सूचीमा समेत रहेका उनलाई अमेरिकाको आतंकवाद सम्बन्धी आफ्नो स्ट्यान्ड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताहरुलाई मुल्यांकन गर्नसमेत निवेदनमा आग्रह गरेका छन्।
 
'मलाई कहाँ रिपोर्ट गर्ने थाहा छैन। त्यसैले कृपया यसलाई सम्बन्धित कार्यालयमा पठाइदिनुहोला,' उनले लेखेको निवेदनमा उल्लेख छ।
 
प्रचण्डकी श्रीमती सीताको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा उपचार हुँदै छ।
 
यसअघि बेलायतमा परेको यस्तै उजुरीका आधारमा कर्णेल कुमार लामा पक्राउ परेका थिए। उनलाई जनक राउतको निवेदनका आधारमा पक्राउ गरिएको थियो। राउतलाई कर्णेल लामाको नेतृत्वमा गोरुसिंगे व्यारेकमा लगि यातना दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell