PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनिललाई जेल जानबाट बचाए मुकेश अम्बानीले



अनिललाई जेल जानबाट बचाए मुकेश अम्बानीले
फोटो : GETTY IMAGE

नयाँ दिल्ली: भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन्।  अदालतले तोकेको समयमा अनिलले तिर्नुपर्ने ५.५ बिलियन भारतीय रुपैयाँ तिर्न नसकेपछि उनी जेल पुग्ने संघमरमा थिए। मुकेशले ऋण तिरिदिएपछि अनिल अब जेल जानुपर्ने छैन।

अनिलको रिलायन्स कम्पनीले इरिक्सनलाई गत वर्षको डिसेम्बरको १५ तारिखसम्म पैसा तिर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको थियो। तर उनले अदालतले भने बमोजिम पैसा तिर्न नसकेपछि सर्वोच्चले उनलाई अदालतको मानहानी गरेको भन्दै थप चार महिनाभित्र पैसा तिर्न वा जेल जान फैसला सुनाएको थियो।

आफ्नो ऋण तिरिदिएपछि अनिलले आफ्नो नराम्रो समयमा साथ दिएको र पारिवारिक मूल्य मान्यतामा अडिग रहन सक्ने क्षमता प्रदर्शन गरेकोमा दाइ मुकेश र भाउजु निताप्रति आभारी रहेको बताएका छन्।

 सन् २००२ मा बुवा धिरुभाइ अम्बानीको मृत्युपछि दुवै भाइबीच पुस्तैनी सम्पत्तिलाई लिएर विवाद हुँदा सक्बन्ध बिग्रिएको थियो।

मुकेशसँग करिब ५४ बिलियन भारतीय रुपैया रहेको छ भने अनिलसँग ३ सय मिलियन रुपैंया रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell