PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धुर्मुस सुन्तलीले मैत्रीपूर्ण क्रिकेट खेलाउँदै, शुरुमा मदनकृष्ण vs हरिवंश अनि पारस vs ज्ञानेन्द्र



धुर्मुस सुन्तलीले मैत्रीपूर्ण क्रिकेट खेलाउँदै, शुरुमा मदनकृष्ण vs हरिवंश अनि पारस vs ज्ञानेन्द्र

काठमाडौं: धुर्मुस सुन्तली फाउन्डेसनले मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। आज पत्रकार सम्मेलन गरी फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल'धुर्मुस'ले चैत २३ गते कीर्तिपुरमा प्रतियोगिता हुने जानकारी दिएका हुन्।

चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरार्ष्ट्रिय क्रिकेट रंगशाला थप रकम संकलनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

'यस खेलमा राष्ट्रिय टिम ‘ए’ र राष्ट्रिय टिम ‘बी’ बिच प्रतिष्पर्धा हुनेछ। टिम ‘ए’ को प्रतिनिधित्व पारस खड्काले गर्नेछ भने टिम ‘बी’ को प्रतिनिधित्व ज्ञानेन्द्र मल्लले गर्नेछन्,' कट्टेलले भने, 'खेललाई अझ रोचक बनाउनका निम्ति क्रिकेट खेलाडीको प्रतियोगिताअगावै कलाकारहरूको पनि प्रतियोगिता राखिएको छ।'

कलाकारहरूलाई पनि दुई टिममै विभाजन गरिएको छ। कलाकारको टिमको प्रतिनिधित्व वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell