PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रंग लगाउँदै सलिनमान बनियाँ र मलिका महत



पहिलोपोस्ट

रंग लगाउँदै सलिनमान बनियाँ र मलिका महत

काठमाडौं :  अभिनेता सलिनमान बनियाँ र मलिका महत एक अर्कालाई रंग लगाउन व्यस्त देखिए। मलिकाले सलिनलाई रंग लगाउँदै गर्दा सलिनले पनि पिचकारीको प्रयोगबाट मलिकालाई भिजाइदिए।

'यात्रा अ म्यूजिकल भ्लग'को टिममा होली मनाएको दृश्य हो यो। निर्माण टिमले होली अगावै टिमसँग रंग दलेर यो पर्व मनाएका छन्।

चैत २९ गतेदेखि प्रदर्शनमा आउने फिल्मका अन्य कलाकार जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेललगायतले होली मनाएका हुन्।

दर्शकसँग भने 'होली' कै दिन यो पर्व मनाउने तयारीमा छन् निर्माण टिम। कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा बनेको फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell