PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लोक ब्याण्डका भोकलिस्टकोे भूमिकामा देखिँदै प्रदीप खड्का



पहिलोपोस्ट

लोक ब्याण्डका भोकलिस्टकोे भूमिकामा देखिँदै प्रदीप खड्का

काठमाडौं: फिल्म 'लभ स्टेशन'को नयाँ गीत सार्वजनिक भएको छ। चैत २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'मेरो आँगनीमा आज जुन उदायो'बोलको गीत सार्वजनिक भएको हो।

गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन्। फिल्ममा प्रदीप आफै पनि एक लोक ब्याण्डका भोकलिस्टको भूमिकामा देखिँदैछन्। शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतमा गायक सुरेश लामाको स्वर छ। गीतलाई 'लभ स्टेशन'का निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन्। निर्माण टिम अहिले मोफसल प्रचारको तयारीमा छन्।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललागयतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell