PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निर्मला प्रकरणमा अदालतले खोजी गरेका एसपी विष्ट अदालतमा हाजिर



पहिलोपोस्ट

निर्मला प्रकरणमा अदालतले खोजी गरेका एसपी विष्ट अदालतमा हाजिर

काठमाडौँ: १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन्। मंगलवार बिहान अदालतमा उपस्थित भएको एसपी विष्टले बताए। उनले भने,’ म आज बिहानै अदालत आएको छु।‘

विभिन्न आरोप लागेका अन्य ६ जना प्रहरी भने अदालतमा उपस्थित भई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेको छ।

अदालतले अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्सपेक्टर जगदिशप्रसाद भट्टलाई ४ लाख, सोको (सिन अफ क्राइम) अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार,  स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। उनीहरूले प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गरेका थिए।

डिएसपी अंगुर जिसी भने अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन्। 

एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। बाँकी प्रहरी निलम्बनमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell