PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका गजकुमार राई १६ वर्षपछि पक्राउ



पहिलोपोस्ट

जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका गजकुमार राई १६ वर्षपछि पक्राउ

भोजपुरः जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। प्रहरीले जिल्ला अदालत भोजपुरबाट वि सं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो।

राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो। राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

त्यस्तै अदालतले अर्का एकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतले भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुर्पक्षका लागि कारागार चलान गरेको हो। राईले गत फागुन १० गते सोही ठाउँकी १५ वर्षीय बालिकालाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ। राईलाई पीडित बालिकाको उजुरीपछि गत फागुन ११ गते पक्राउ गरिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell