PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा भरतपुरमा एक जनाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा भरतपुरमा एक जनाको मृत्यु

भरतपुरः चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्।

गए राति १ बजे भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा९१प ३४८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई केन्द्रीय बस टर्मिनल चोकको डिभाइडरमा ठक्कर खाँदा मोटरसाइकल पछाडि सवार खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। अधिकारीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। गम्भीर घाइते मोटरसाइकल चालक धादिङ कयपुर–५ का ३८ वर्षीय सोमनाथ सेढाइँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

यस्तै गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँस काट्न गएकी रत्ननगर नगरपालिका–६ की ५५ वर्षीय जानकी चौधरीको मृत्यु भएको हो। गैँडाको आक्रमणबाट घाइते चौधरीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell