PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

नेदरल्यान्डको व्यस्त शहरमा गोली चल्यो, दर्जनौं घाइते



नेदरल्यान्डको व्यस्त शहरमा गोली चल्यो, दर्जनौं घाइते
फोटो: dailymail.co.uk

नेदरल्यान्डको जुट्रेक्ट शहरमा एक व्यक्तिले गोली चलाउँदा धेरै संख्यामा मानिसहरु घाइते भएको डेली मेलले जनाएको छ।
 
शहरको पूर्वी क्षेत्रमा रहेका २४ ओकटोबर्पेलेइनमा चल्ने 'ट्राम' मा गोलीबारी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

प्रहरीले आक्रमणकारी अहिले फरार रहेको र उसको खोजी भइरहेको जनाएको छ। 

गोली चलेको स्थानमा प्रहरी र मेडिकल हेलिकप्टरहरु पठाइएको छ।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर उद्धार र अनुसन्धान भइरहेको बताएको छ। हाललाई डच शहरमा सबै 'ट्राम' सेवा रद्द गरिएको छ।

केही दिन अघि न्युजिल्यान्डको क्राइस्टचर्च शहरका दुई मस्जिदमा भएको गोलीकाण्डमा ५० जनाको मृत्यु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell