PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ला लिगा : मेसीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित



पहिलोपोस्ट

ला लिगा : मेसीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

लिओनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा रिल बेटिसलाई ४-१ ले पराजित गरेको छ। जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि १० अंकको अग्रता कायम गर्दै उपाधि यात्रा बलियो बनाएको छ।

बेटिसको मैदानमा भएको खेलमा मेसीले १८औँ, ४५औँ र ८५औँ मिनेटमा गोल गरे। यस्तै लुइस सुअरेजले ६३औँ मिनेटमा एक गोल गरे। बेटिसका लागि ८२औँ मिनेटमा लोरेन मोरेनले एक गोल फर्काए। ला लिगामा मेसीको यो ३३औँ ह्याट्रिक हो।

जितपछि लिग लिडर बार्सिलोनाको २८ खेलबाट ६६ अंक भएको छ। समान खेलबाट एट्लेटिकोको ५६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell