PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओडिआई वरीयतामा नेपाल १५औँ स्थानमा यथावत



पहिलोपोस्ट

ओडिआई वरीयतामा नेपाल १५औँ स्थानमा यथावत

काठमाडौँ : आइसीसी ओडिआई वरियतामा नेपाल १५औँ स्थानमै यथावत रहेको छ।

आइसीसीले आइतवार सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल १५औँ स्थानमै छ। नेपालको १० खेलबाट १५२ पोइन्ट र १५ रेटिङ छ।

गत महिना युएईलाई उसैको मैदानमा २-१ ले हराउदै ओडिआई सिरिज जितेपछि नेपाल वरियतामा परेको थियो। ओडिआई वरियतामा नेदरल्याण्ड्स नेपाल भन्दा पछि छ। डच टोलीले वरियतामा पर्न अझै दुई खेल खेल्नुपर्नेछ। उसको ६ खेलबाट ५० पोइन्ट र ८ रेटिङ छ।

नेपाल टी २० वरियतामा भने १४औँ स्थानमा छ।

नयाँ वरियताअनुसार इंग्ल्याण्ड पहिलो स्थानमा कायम छ भने भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो स्थानमा छ। यस्तै दक्षिण अफ्रिका चौथो स्थानमा रहँदा भारत विरुद्धको सिरिज ३-२ ले जितेको अष्ट्रेलिया पाँचौ स्थानमा उक्लेको छ।

खेलाडीतर्फ भने ब्याटिङमा भारतीय कप्तान विराट कोहली पहिलो स्थानमा छन् भने बलिङमा पनि भारतकै जसप्रित बुमराह पहिलो स्थानमा छन्।

अलराउण्डरतर्फ अफगानिस्तानका रसिद खान पहिलो स्थानमा छन्।

वरीयतामा नेपालका कुनै पनि खेलाडीहरु शीर्ष सय भित्र पर्न सकेका छैनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell