PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान, 'सीताले साह्रै जिद्दी गरेकीले जाँदैछु' 



पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान, 'सीताले साह्रै जिद्दी गरेकीले जाँदैछु' 

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्।
 
श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि उनि अमेरिका प्रस्थान गरेका हुन्। 

उनको साथमा उनकी स्वकीय सचिव तथा छोरी गंगा दाहालसमेत अमेरिका गएकी छन्। 

सीता दाहालको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने छ। त्यहाँ उनको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुने छ। अमेरिका प्रस्थान गर्नु अगाडि यस सम्बन्धी रोगको यो अनुसन्धान केन्द्रसमेत त्यहाँ रहेको र सिता दाहालले पटक पटक उपचारका लागि जाने भने पछि जान लागेको बताए।

'अमेरिका गएपछि केही ठीक हुन्थ्यो की भन्ने उनले सारै जिद्दी गर्न थाले पछि मलाई पनि मनोवैज्ञानिक रुपमा पनि एक पटक पुगौँ भनेर लाग्यो,' त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा प्रचण्डले आफ्नो अमेरिकी भ्रमणबारे भने। 

यसका लागि अमेरिकी राजदूतले पनि सहजीकरण गरेको उनले बताए। भ्रमण मुख्यरुपमा उपचार नै रहेको बताए। भ्रमणका क्रममा अमेरिकी सरकारका अधिकारीहरुसँग औपचारिक अनौपचारिक रुपमा छलफल हुने सम्भावना रहेकोसमेत बताए। 

'मलाई भर्खरै मात्र परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ की औपचारिक रुपमा यहाँबाट मन्त्रालयले अमेरिकामा पत्राचार गरिसकेको छ। त्यहाँ रहँदा अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक रुपमा छलफल हुन सक्ने सम्भावना रहेको छ।'

प्रचण्डले आफू सकेसम्म छिटो स्वदेश फर्किने बताए। उनले उपचार ढिलो भए छोरी गंगा पनि जाने हुँदा आफू मात्र भए पनि फर्किने संकेत गरे। 

उनले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन ढिला भएको र अन्य राजनीतिक विषयमा छलफलको आवश्यकता रहेको भन्दै छिट्टै फर्किने बताए।
 
गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए।

पुत्र प्रकाश दाहालको निधन पछि विछिप्त बनेकी सीतालाई केही समय अघि सुमेरु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

प्रचण्ड यस अघि नै अमेरिका जाने तयारीमा थिए। तर, भनेजुएला काण्डपछि उनको भ्रमण स्थगित भएको थियो। तर, अमेरिकाको ग्रिन सिग्नल पाएसँगै उनी पत्नी सिताको उपचारका लागि अमेरिका लागेका हुन्।
 
उनलाई विदाइ गर्नका लागि उनकी बुहारी तथा मन्त्री विना मगरसहित ने क पाका नेता सुवास नेम्वाङ, देवेन्द्र पौडेल सुनिल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल नेता कृष्ण गोपाल श्रेष्ठ विमानस्थलमा पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell