PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जिपको ठक्करबार कैलालीमा पैदल यात्रीको मृत्यु



जिपको ठक्करबार कैलालीमा पैदल यात्रीको मृत्यु

कैलालीः कैलालीमा स्कारपियोको ठक्कबरबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। गोदावरी नगरपालिका ३ मालीकाटोल बस्ने २७ वर्षीय अनुप साउँदलाई हिजो राति साढे ९ बजेतिर स्कारपियोले ठक्कर दिएको थियो।
 
अत्तरियाबाट महेन्द्रनगर तिर जाँदै गरेको से १ च २०९४ नम्बरको स्कारपियोको ठक्करबाट घाइते भएका साउँदलाई उपचारका लागि अतरियास्थित पद्यमा अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई भारतको बरेली रिफर गरिएको थियो।
 
बरेली लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ठक्कर दिने स्कारपियो र चालक अहिले प्रहरीको नियन्त्रणमा छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell