PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिप : नेपालका अजित यादवले जिते स्वर्ण



पहिलोपोस्ट

एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिप : नेपालका अजित यादवले जिते स्वर्ण

काठमाडौँ : हङकङमा भएको तेस्रो युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाल अजित कुमार यावदले स्वर्ण जितेका छन्।

आइतवार भएको ३ हजार मिटर दौडमा अजितले व्यक्तिगत टाइमिङमा सुधार सहित स्वर्ण जितेका हुन्।

निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्मा पूरा गरे। यसअघि उनको व्यक्गत उत्कृष्ट टाइमिङ ८ मिनेट ४४ सेकेण्ड थियो।

एसियन लेभलमा नेपालले एथ्लेटिक्समा स्वर्ण पदक जितेको यो पहिलो पटक भएको नेपाल एथ्लेटिक्स एसोसिएसनका पूर्व-महासचिव सुनिल राजवंशीले जानकारी दिए।

भारतका अमित जनगिर ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गर्दै रजत जित्न सफल भए भने यमनका मसाया सुरुकावाले कास्य पदक जिते।

नेपाली खेलाडी अजितको प्रशिक्षकका रुपमा धनीराम चौधरी पनि उनीसँगै हङकङ गएका थिए।

तीन दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा १२ स्वर्ण, १० रजत र १० कास्यसहित कूल ३२ पदक जित्दै चीन टिम च्याम्पियन बन्यो। भारत र जापानले ७-७ स्वर्ण जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell