PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चोरीको जालोः एकपछि अर्कोगरी फेला पर्दै करोडौँको सामान, कमलपोखरीमा भेटियो नयाँ स्टोर



पहिलोपोस्ट

चोरीको जालोः एकपछि अर्कोगरी फेला पर्दै करोडौँको सामान, कमलपोखरीमा भेटियो नयाँ स्टोर

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गिरोह बनाएर उपत्यकाभित्र चोरी गर्ने एउटा गिरोहलाई समातेको साता दिन बित्न नपाउँदै उनीहरूले चोरीको सामान स्टोर गर्ने अन्य ठाउँ फेला परेको छ।

गत शुक्रबार प्रहीले रामेछाप सुनापति गाउँपालिका घर भएका ओमराज श्रेष्ठ, भारतको मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोदारलाई शुक्रबार सार्वजनिक गरेको थियो।

उनीहरूले चोरी गरेर राखेको थप सामान प्रहरीले शनिबार बरामद गरेको छ। काठमाडौँको कमलपोखरी र गैरीधारमा दुइवटा घरमा फ्ल्याट भाडामा लिएर चोरीको सामान स्टोर गरेको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

डिएसपी बोगटीले भने, ’यो समूह निकै ठूलो भएको देखियो। लामो समयदेखि लाखौँको सामान चोरी गरेको खुल्दै गएको छ।‘

प्रहरीले पछिल्लो समय बरामद गरेको चोरीको सामान एक करोडभन्दा बढीको हुनसक्ने अनुमान गरेको छ।

यसअघि उनीहरूले चोरेको सामान राख्नका लागि कोठा भाडामा लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। यसअघि काठमाडौँको पुरानो वानेश्वरमा उत्तम कृष्ण कर्माचार्यको घरमा ३ वटा कोठा भाडामा लिएको खुलेको थियो।

प्रहरीका अनुसार चोरी भएको सामान गाडीमा राखेर घरमा ल्याएर राखिने गरिएको छ। विगत चार वर्षदेखि कोठामा भाडामा लिएर चोरीको सामान स्टोर गर्ने गरेको खुलेको हो।

भारतीय नागरिक पारसप्रसाद चोरी गिरोहका मुख्य योजनाकार हुन्। विगत चार वर्षदेखि उनी नेपालमा रहेर चोरी गर्दै आएका छन्। चोरीमा प्रयोग भएको बा १ ज ११९२ नम्बरको ट्याक्सी, बा १४ च ७२६९ नम्बरको मारुती भ्यान र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरूको नै भएको खुलेको छ।

सम्वन्धित समाचार

एक बूढीआमैको ‘क्लु’ले भेटियो ७० लाखको सामान, चोरेरै काठमाडौँमा जग्गा र गाडी!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell