PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दमौलीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार २६ वर्षीया युवतीको मृत्यु



दमौलीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार २६ वर्षीया युवतीको मृत्यु

दमौली: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते भएकी थिइन्। 

उनको दमौली अस्पतालमा उपचारको क्रममा बिहान ११:२५ मा मृत्यु भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। भण्डारी म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन्। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell