PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लैंगिक हिंसा पीडितको सहयोगी बन्दै ‘ओसीएमसी', अधिकांश सेवाग्राही यौनजन्य हिंसा पीडित



पी बी खड्का

लैंगिक हिंसा पीडितको सहयोगी बन्दै ‘ओसीएमसी', अधिकांश सेवाग्राही यौनजन्य हिंसा पीडित

सुर्खेत: कोही समुदायमा घरेलु हिंसा सहन बाध्य त छैनन्? कहि कतै यौनजन्य हिंसा र बलात्कारको शिकारबाट पीडित बनेका त छैनन्? कसैले बेवारिसे व्यक्ति फेला पारेका त छैनन्? अब यी सबै पीडितका लागि सेवा, न्याय र परामर्शको सेवा दिदैँ आएको छ प्रदेश अस्पताल सुर्खेतले। त्यो पनि अझ निःशुल्क। झण्डै एक वर्षअघि देखि प्रदेश अस्पताल सुर्खेतले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सञ्चालन गरेको छ। 

अस्पतालमा पछिल्लो समय सेवा लिन आउने नागरिकको भिड लाग्ने गरेको छ।
 
ओसीएमसीबाट लैङ्गिक हिंसा पीडितका लागि केन्द्रले निःशुल्क स्वास्थ्य  उपचार, निःशुल्क कानुनी परामर्श, सुरक्षा सेवा, अल्पकालिन आश्रम, पुर्नस्थापना सेवा लगाएतको सेवा दिदैँ आएको केन्द्रकी स्टाफ नर्स रुपा गुरुङले जानकारी दिइन्।
  
‘अस्पतालमा सेवा सुरु भएको त एक वर्ष बढी भइसक्यो। खासै धेरै नागरिकले थाहा नपाएर हुन सक्छ पहिले पहिले कम आउनुहुन्थ्यो। अहिले सेवाग्राहीको चाप बढेको छ,’ उनले भनिन्,‘यस्तो पीडा सहेर बसेका गाउँसमाजमा धेरै हुनुहुन्छ। यसको अझै प्रचार प्रसार हुन सके सेवाग्राही बढ्छन्। अहिले त सेवाग्राहीको तथ्यांक हेर्दा सुर्खेतका नागरिकले मात्रै सेवा लिनु भएको छ। यद्यपि बाहिरको भएपनि यही सुर्खेतमै बसोवास गर्ने व्यक्ति हुनुहुन्छ।’ 

अस्पतालको तथ्यांक अनुसार २०७४ मंसिरमा स्थापना गरिएको उक्त केन्द्रमा असारसम्म जम्मा ७१ जनाले मात्रै सेवा लिएका थिए। तर, साउन यता भने सेवा लिने पीडित महिलाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। केन्द्रले पीडित महिलाहरुको निःशुल्क उपचार गर्ने, निःशुल्क कानूनी परामर्श दिने, सुरक्षा सेवा प्रदान गर्ने, अल्पकालिन आवासको व्यवस्था गर्ने र पुर्नस्थापना गर्ने कार्य गर्दै आइरहेको स्टाफ नर्स गुरुङ बताउँछिन्।

‘हामीले बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा, शारीरिक चोटपटक भएकाहरुको निःशुल्क सेवा दिर्दै आएका छौं,’ उनले भनिन, ‘त्यसका लागि अहिले तीन जनाको दरबन्दी कायम गरी २४ सै घण्टा केन्द्र खुल्ला रहने गरेको छ। हामीले पीडितको अवस्था हेरेर आतेजाते भाडा, लत्ताकपडा लगाएतको पनि व्यवस्था हुन्छ।’ 

उनका अनुसार मंसिरमा ८ जना, पुसमा ७ जना, माघमा ७ जना फागुनमा ८ जनाले सेवा लिएका छन्। त्यस्तै चैतमा ३ जना, वैशाखमा ८ जना, जेठमा १२ जना, असारमा १८ जना साउनमा २० जना महिलाले सेवा लिएका छन्। भदौमा १८ जना महिलाले सेवा लिएकामा असोजमा २२ जना, कार्तिकमा १६ जना, मंसिरमा १२ जना, पुसमा ९ जना, माघमा २७ जना र फागुन २७ गतेसम्म २६ जनाले सेवा लिइसकेका छन्। 

चालु आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा एक सय २४ जना बलात्कारका आरोपी स्वास्थ्य चेकजाँचमा आए पनि ४० जनाको बलात्कार भएको पुष्टि भएको स्टाफ नर्स गुरुङले जानकारी दिईन्। त्यस्तै, यौनजन्य हिंसामा १५ जना, घरेलु हिंसामा ८३ जना, तीन जना वेवारिसे, शारीरिक चोटपटकमा ८३ जना र ४ जना मानसिक यातना पाएको महिलाहरुले केन्द्रबाट सेवा लिएको उल्लेख गरिन्। ‘चालु आर्थिक वर्षको माघ मसान्त सम्म जम्मा एक सय २४ जना बलात्कारको आरोपितको स्वास्थ्य जाँच गरेको मध्ये ४० जना बलात्कार केशमा संलग्न रहेको पुष्टि भएको छ,’उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell