PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नुवाकोटः विदुर नगरपालिका–५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। 

देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६ वर्षीय विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गए राति १० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका विनोदको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइलकमा सवार निमेश थामामगर भने दुर्घटनामा परी घाइते भएका छन्। उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। 

तीव्र गतिका कारण मोटरसाइकल सडकदेखि १० मिटर तल पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell