PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भक्तपुरबाट हेटौंडा जन्ती लिएर गएको बस दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु, केही गम्भीर घाइते



पहिलोपोस्ट

भक्तपुरबाट हेटौंडा जन्ती लिएर गएको बस दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु, केही गम्भीर घाइते

काठमाडौँ: मकवानपुरको कान्ति लोकमार्गमा पर्ने गढी गाँउपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जन्ती बोकेर भक्तपुरबाट हेटौडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना भएको हो। बसमा सवारमध्ये दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

मृत्यु हुनेहरूमा नुवाकोट घर भएका अन्दाजी २० वर्षीय विकास धमला र भक्तपुर घर भएका अन्दाजी ३५ वर्षीय नवराज परियार रहेका छन्। बसमा सवार करिब १८ जना घाइते भएका छन्।

केहीको अवस्था भने गम्भीर भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। 'बाटोमा हेर्दा बसको फलामले कोरिएको र धस्रिएको जस्तो देखिन्छ,‘ डिएसपी भट्टराईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell