PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीको सहजपुरमा एक जनाको मृत्यु



पहिलोपोस्ट

ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीको सहजपुरमा एक जनाको मृत्यु

कैलालीः भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा सोमबार दिउँसो ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दिउँसो करिब २ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ५०७४ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको से ६ प ६७९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कैलाली साढेपानीका २५ वर्षीय अर्जुन नेपालीको अपराह्न करिब ४ बजे धनगढीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक साढेपानीकै २९ वर्षीय सुरेश नेपालीलाई थप उपचारका लागि पद्मा अस्पताल अत्तरियाबाट नेपालगन्ज पठाइएको छ।

ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell