PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कपाल ट्रान्सप्लान्ट गरेको ५० घण्टा नबित्दै भारतीय व्यापारीको मृत्यु



कपाल ट्रान्सप्लान्ट गरेको ५० घण्टा नबित्दै भारतीय व्यापारीको मृत्यु
प्रतीकात्मक फोटो: timesofindia

मुम्बई: भारतको मुम्बईमा कपाल ट्रान्सप्लान्ट गराएको ५० घण्टा नबित्दै एक व्यक्तिको मृत्यु भएको छ।
 
ट्रान्स्प्लान्टको रिएक्सनले मुम्बईको सकी नाकाका ४३ वर्षे व्यापारी श्रवणकुमार चौधरीको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
 
ट्रान्सप्लान्टपछि श्वास लिन गाह्रो र अनुहारमा पसिना आएपछि उनी पवाइमा रहेको हिरान्नदनी अस्पताल पुगेका थिए। चिकित्सकले उनलाई 'एनाफिलसिक्स' भनिने प्राणघातक एलर्जिक रिएक्सन भएको निष्कर्ष निकालेका थिए। 

सो रिएक्सनले मानिसको मृत्युसमेत हुने कुरा सुनेपछि चौधरी स्तब्ध भएका थिए। उनको मुटुको धड्कन बन्द हुँदा कार्डियोलोजिस्टको सहायताले मुटु पुन: संचालन गर्न कोसिस गरिएको थियो। तर, उपचारकै क्रमा उनको मृत्यु भयो।
 
प्रहरीका अनुसार चौधरीले करिब ९ हजार ५ सय कपालहरु इम्प्लान्ट गराएका थिए। 

यस घटनाले कपाल ट्रान्सप्लान्टको प्रक्रियामा प्रश्न खडा गरेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell