PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आफू अपहरणमा परेको सूचना आफैँले दिए प्रहरीलाई, परिवारसँगै रकम माग



एम बम

आफू अपहरणमा परेको सूचना आफैँले दिए प्रहरीलाई, परिवारसँगै रकम माग

कैलालीः बुधबार अपहरणमा परेका भनिएका धनगढीका व्यापारी जगतबहादुर सिंहले आफ्नो अपहरणको योजना आफैँ बनाएको खुलेको छ। उनलेआफूले खाएको रकम तिर्न नसकेपछि घर परिवारसँग पैसा मागेको खुलेको हो।

सिंहले आफ्नो अपहरणको योजना आफैँ बनाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमल्सिनाले जानकारी दिए। भारतीय नम्बरबाट घरमा फोन गरी आफू अपहरणमा परेको र अपहरणमुक्त हुन १०, १२ लाख रुपैयाँ आवश्यक परेकोले आफ्नो खातामा पठाई दिन भनी घर परिवारका सदस्यलाई आफैँले फोन गरेको उनले स्वीकार गरेका हुन्।

उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ घर भई वडा नम्बर १ स्थित आरम्भ फेन्सी पसलका सञ्चालक तथा सेती अञ्चल अस्पतालका खरिदार जगतबहादुर सिंहलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।

घटनाबारे खोजतलास गर्दा सिंहले फोन गरेको नम्बरको लोकेशन भारतको पञ्जाबमा देखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell