PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टिप्परको ठक्करबाट मृत्यु



टिप्परको ठक्करबाट मृत्यु

गाईघाट: उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान टिप्परले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन्। 

मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मदनभण्डारी लोकमार्ग अन्तर्गत सडक निर्माणमा कामगर्ने ना १ क ८३४७ नं को टिपरले बा ९३ प ९४३२ नं को मोटरसाइकललाई नेपालटार नजिकै ठक्कँर दिएको थियो। 

घाइते सुजनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ। टिपर चालकको खोजी भइरहेको बताइएको छ। नेपालटारका स्थानीयवासी राजन राउतले टिपर चालककले नभएर सहचालकले चलाएका कारण दुर्घटना भएकाले चालक लुकेर बसेको हुनसक्ने बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell