PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उद्योगपति केडियाको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ



पहिलोपोस्ट

उद्योगपति केडियाको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौँ: उद्योगपति सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत बिहार, पूर्वी चम्पाकरण मोहतिहारी जिल्ला रक्सौलका ३५ वर्षीय बव्लु पासवान र राजहर्नाही ग्राम पंचायत वडा ३ बस्ने २५ वर्षीय विजय महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पासवान मुख्य योजनाकार र महतो अपहरणको क्रममा गाडी चालक भएको प्रहरीको दाबी छ। २०७३ जेठ १३ गते उद्योगपति केडियाको अपहरण भएको थियो।

बक्सर जेलबाट बब्लुले केडियाको अपहरण गराए

वीरगंजका उद्योगी सुरेश केडियाको मुख्य योजनाकार कल्याणपुर थाना, सिसवा खरार गाउँ निवासी मिथलेश दुबे उर्फ ‘बब्लु दुबे’ थिए। उनको मृत्यु भइसकेको छ। गत वर्ष मे ११ का दिन बेतिया अदालत परिसरमा अज्ञात समूहको गोलीबाट उनको हत्या गरिएको थियो। तर त्यही बब्लु दुबे १०० करोडको फिरौती माग गर्दै कुनाल र गोलुमार्फत उद्योगी केडियाको बाराबाट अपहरण गराएका थिए। केडिया अर्गानाइजेसनका पदाधिकारीसमेत रहेका सुरेश केडिया गहुँ खरिदका लागि बाराको बरियारपुरबाट फर्किदै गर्दा उनलाई पासाहा पुल नजिकबाट अपहरण गरिएएको थियो।

केडियाको गाडीमाथि गोली प्रहार गरी चालकलाई घाइते बनाई निजलाई भारतीय नम्बरको स्कार्पियो गाडीमा राखी पचरौताको छौडादानो नाकाबाट बिहार छिराइएको थियो। तर मोतिहारी प्रहरी र बेतिया प्रहरीको टोलीले उद्योगी केडियालाई तीन दिनपछि मुज्जफरपुरको कोटवास्थित नेसनल हाइवेबाट उद्धार गरी नेपाल फिर्ता गरेको थियो। त्यसबेला आफुहरुले नै उद्योगी केडियाको अपहरण गरेको भन्ने बयान पक्राउ परेका कुनाल र गोलुले दिइसकेको मोतिहारी प्रहरीले जनाएको छ।

सुरेश केडियाको अपहरणमा फिरौती मात्र कारण थिएनन्। मुख्य योजनाकार बब्लु दुबेको इर्ष्या पनि थियो। उनलाई नेपाल प्रहरीले काठमाडौंबाट सन् २०१३ मा पक्राउ गरी बिहार पुलिसलाई बुझाएको थियो। नारायणी अञ्चल प्रहरी कार्यालय वीरगंजका प्रमुख एसएसपी सर्वेन्द्र खनाल(हालका प्रहरी महानिरीक्षक)को टोलीले उनलाई विशेष सूचनाको अधारमा पक्राउ गरी भारतीय प्रहरीलाई बुझाएको रिस साँधेर उनले हाइप्रोफाइल अपहरणको योजना बनाएको पक्राउ परेका अभियुक्तहरुले बताएका थिए।

बब्लुको हत्यापछि ‘ग्याङ’

बब्लु दुबेको गत वर्ष हत्या भएपछि उनका नजिकका कुनाल र गोलुले उनको ‘बब्लु दुबे’ ग्याङ सञ्चालन गर्दै आएका थिए। गोलुले २०१४ मा रक्सौल रेल्वेका एक गार्डको अपहरण, साहेबगंजको तीन वटा डकैती मुद्दा र हत्या लुटपाटको घटनामा संलग्न छन्। दुबैले मिलेर बिहारको पूर्वी चम्पारणको रक्सौल, मोतिहारी, मुज्जफपुर, चकिया, पिपराकोठीलगायत र नेपाली सीमा विभिन्न अपराधिक घटना घटाउँदै आएको अनुसन्धानबाट खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell