PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चितुवाको आक्रमणबाट प्रहरी घाइते: घाँटी, हात र ढाडमा चोट



चितुवाको आक्रमणबाट प्रहरी घाइते: घाँटी, हात र ढाडमा चोट
फोटो: रासस

लम्की: चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन्। आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते भएका हुन्। 

घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ। धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट पुर्‍याएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell